थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि, निको ८८७ जना, ३ को मृत्यु
६०६१ जनामा गरिएको पिसिआर परीक्षणबाट ५२२ र १५६४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३५जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, कात्तिक ७ : पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६०६१, जनामा गरिएको पिसिआर परीक्षणबाट ५२२ र १५६४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३५जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ८८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८७,५०७ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३४८ पुगेको छ।
अहिले देशभरिमा १०,२०१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

