Kathmandu Press

सर्वोच्चका न्यायाधीशहरूले फुलकोर्ट बैठक बहिष्कार गर्ने

प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्। 
सर्वोच्चका न्यायाधीशहरूले फुलकोर्ट बैठक बहिष्कार गर्ने

काठमाडौं, कात्तिक ७ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गर्ने भएका छन्।

आज (आइतबार) प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्। 

त्यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि भोलि (सोमबार) का लागि फुलकोर्ट बोलाएका थिए।

सो बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराउने जनाइएको छ। तर न्यायाधीशहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्।

न्यायाधीशहरूले भोलि (सोमबार) बिहानैदेखि छलफलमा जुट्ने सहमति गरेको पनि जनाइएको छ।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्