प्रदेश १ को संसद् बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने
मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार टेबुल गरिरएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफनोका लागि आज १२ः३० बजेका लागि बैठक बोलाइएको थियो।
काठमाडौं, कात्तिक ७ : प्रदेश १ को आज (आइतबार) का लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।
मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार टेबुल गरिरएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफनोका लागि आज १२ः३० बजेका लागि बैठक बोलाइएको थियो।
उक्त बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बैठक स्थगन गर्न माग गर्दै लिखित निवेदन दर्ता गएका थिए।
बैठक स्थगनकाे माग भएकै कारण बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १५:०२ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1757142095.jpg)

-1757142095.jpg)