Kathmandu Press

बार पदाधिकारीसँगकाे छलफलपिछ प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

काठमाडौं, कात्तिक ७ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भोलि (सोमबार) का लागि फुलकोर्ट बोलाएका छन्।आज (आइतबार) नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले फुलकोर्ट बोलाएका हुन्।...
बार पदाधिकारीसँगकाे छलफलपिछ प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

काठमाडौं, कात्तिक ७ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भोलि (सोमबार) का लागि फुलकोर्ट बोलाएका छन्।

आज (आइतबार) नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले फुलकोर्ट बोलाएका हुन्। बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराउने जनाइएको छ।

प्रधानन्यायाधीश जबराको भूमिका निष्पक्ष नभएको भन्दै चौतर्फी रूपमा प्रश्न उठिरहेका बेला अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बारको टोली उनलाई भेट्न आज सर्वोच्च अदालत पुगेको थियो। 

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि उनको राजीनामा माग्नेदेखि अदालत प्रवेश दिन नहुने, अन्य न्यायाधीशले उनीसँग बेन्च सेयर गर्न नहुने भन्दै कानुन व्यवसायीहरूले बारलाई ठोस निर्णय लिन दबाब दिँदै आएका छन्।

बारका पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफ्नो तर्फबाट गल्ती भएका ठाउँमा माफी माग्ने र आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने पनि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्