Kathmandu Press

सिजनको पहिलो खेलमै फाब्रिगासलाई रातो कार्ड

काठमाडौं, साउन २५ : सिजनको पहिलो खेलमा मोनाकोका खेलाडी सेस फाब्रिगासले रातो कार्ड खाएका छन्। 

लिग वान अन्तर्गत लियोनविरुद्धको खेलमा फाब....

सिजनको पहिलो खेलमै फाब्रिगासलाई रातो कार्ड

काठमाडौं, साउन २५ : सिजनको पहिलो खेलमा मोनाकोका खेलाडी सेस फाब्रिगासले रातो कार्ड खाएका छन्। 

लिग वान अन्तर्गत लियोनविरुद्धको खेलमा फाब्रिगासले रातो कार्ड खान पुगेका हन्। लियोनसँग ३–० को हार ब्यहोरेको खेलमा
फाब्रिगासले खेलको ३० औं मिनेटमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। 

फाब्रिगासले मोनाकोका खेलाडी लियो डुबोइसको खुट्टामा हानेका थिए। फाब्रिगासलाई सुरुमा रेफ्री रुडी बुक्वेटले पहिले पहेँलो कार्ड दिएका थिए। तर, रिप्ले हेरेपछि भने उनले आफ्नो निर्णय परिवर्तन गर्दै फाब्रिगासलाई रातो कार्ड दिएका थिए।

लिगको पहिलो खेलमा लियोनलाई ३–० को जित दिलाउन मेम्फिस डिपे, माउसा डम्बेले र लुकास टाउसआर्टले गोल गरेका थिए।

प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, साउन २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्