Kathmandu Press

सिल्भा म्यानचेष्टर सिटीको कप्तानमा नियुक्त

काठमाडौं, साउन २५ : म्यानचेष्टर सिटीले डेभिड सिल्भालाई नयाँ कप्तान नियुक्त गरेको छ। 

सिटीका प्रमुख प्रशिक्षक पेप गार्डिवोलाले क्लब....

सिल्भा म्यानचेष्टर सिटीको कप्तानमा नियुक्त

काठमाडौं, साउन २५ : म्यानचेष्टर सिटीले डेभिड सिल्भालाई नयाँ कप्तान नियुक्त गरेको छ। 

सिटीका प्रमुख प्रशिक्षक पेप गार्डिवोलाले क्लबको कप्तानमा स्पेनिस खेलाडी सिल्भालाई कप्तान नियुक्त गरेको जानकारी दिएका हुन्। 

नियमित कप्तान भिसेन्ट कोम्पनीले क्लब छोडेपछि सिल्भालाई उक्त जिम्मेवारी क्लबले दिएको हो। यस्तै, सिटीले उपकप्तानमा केभिन डि ब्रुने, फर्नाडिन्हो र सर्जियो अग्युरोलाई चयन गरेको प्रशिक्षक पेपले जानकारी दिएका छन्।

३३ वर्षीय सिल्भा १० औं सिजन सिटीबाट खेल्दैछन्। यो सिजनको अन्तिममा सिटी छोड्ने घोषणा गरेका सिल्भा २८४ खेलमा ५४ गोल गरेका छन्। उनले सिटीबाट चारवटा प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि उचालेका छन्। गत सिजनको लिग च्याम्पियन यो सिजन पनि उपाधिको प्रमुख दाबेदार हो। 

सिटीले प्रिमियर लिग फुटबलमा शनिबार वेष्ट ह्यामसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ।
 

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, साउन २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्