Kathmandu Press

मण्डलामा जिजीविषा मञ्चन हुँदै

काठमाडौं, कात्तिक ६ : अनामनगरस्थित मण्डला नाटकघरमा नाटक जिजीविषा मञ्चन हुने भएको छ। कोरोना महामारीका कारण लामो समय सुनसान रहेको मण्डला नाटक घरमा...
मण्डलामा जिजीविषा मञ्चन हुँदै

काठमाडौं, कात्तिक ६ : अनामनगरस्थित मण्डला नाटकघरमा नाटक जिजीविषा मञ्चन हुने भएको छ। कोरोना महामारीका कारण लामो समय सुनसान रहेको मण्डला नाटक घरमा यही कात्तिक ८ र ९ गते नाटक प्रस्तुत गर्न लागिएको  हो।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालनसहित सीमित दर्शकमाझ नाटक मञ्चन गरिने र एक दिनमा केवल ८० जनालाई मात्र नाटक देखाइने मण्डलाले जनाएको छ। कोरोना महामारीका समयमा मण्डलाले आयोजना गरेको शैक्षिक कार्यक्रम ‘मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका प्रशिक्षार्थीको प्रस्तुति रहने जिजीविषा दुई दिन मात्र प्रस्तुत हुने बताइएको छ।

मुहानदेखि समद्रसम्म पुग्ने यात्रामा माछाले गर्ने सङ्घर्षमार्फत मानिसको सङ्घर्षको यात्रा जोड्निे विषयवस्तु नाटकमा रहेको नाटककार सोमनाथ खनालले बताए। उनले भने, ‘यात्रा, सङ्घर्ष र बाँच्ने चाहना, यस नाटक यसकै वरिपरि छ।’ नाटककार खनालले लेखेको यस नाटकका निर्देशक राजन खतिवडा हुन्।

 

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्