Kathmandu Press

रियल मड्रिडले हाजार्डलाई दियो ७ नम्बर जर्सी

काठमाडौं, साउन २५ : रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हाजार्डलाई ७ नम्बर जर्सी दिने भएको छ। 

चेल्सीबाट यसै सिजन रियल मड्र....

रियल मड्रिडले हाजार्डलाई दियो ७ नम्बर जर्सी

काठमाडौं, साउन २५ : रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हाजार्डलाई ७ नम्बर जर्सी दिने भएको छ। 

चेल्सीबाट यसै सिजन रियल मड्रिडमा आएका हाजार्डलाई अन्ततः ७ नम्बर जर्सी दिइने भएको हो। क्रिष्टियानो रोनाल्डोले मड्रिडमा हुँदा लगाउँदै आएको ७ नम्बर जर्सी उनले छोडेपछि मारियानो डायजलाई दिइएको थियो। 

तर, मारियानोले लगाउँदै आएको ७ नम्बर जर्सी हाजार्डलाई दिएको हो। हाजार्डले चेल्सीमा रहँदा १० नम्बर जर्सी लगाउँदै आएका थिए। रियल मड्रिडका लुका मोड्रिचले १० नम्बर जर्सी छोड्न नमानेपछि हाजार्डलाई ७ नम्बर जर्सी दिने निर्णय क्लबले गरेको हो। 

जर्सी नम्बर टुंगो नलाग्दा प्रिसिजनका खेलमा हाजार्डले ५० नम्बर जर्सी लगाएर खेलेका थिए। हाजार्ड कीर्तिमानी रकममा यो सिजन चेल्सीबाट रियल मड्रिड आएका हुन्।
 

प्रकाशित मिति: ०६:५४ बजे, शनिबार, साउन २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्