Kathmandu Press

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

काठमाडौं, साउन २५ : इंग्लिस प्रिमियर लिग फुटबललमा लिभरपुलले विजयी सुरुवात गरेको छ। 

आफ्नै घरेलु मैदान एनफिल्डमा भएको उद्घाटन खेलमा....

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

काठमाडौं, साउन २५ : इंग्लिस प्रिमियर लिग फुटबललमा लिभरपुलले विजयी सुरुवात गरेको छ। 

आफ्नै घरेलु मैदान एनफिल्डमा भएको उद्घाटन खेलमा लिभरपुरलले नवप्रवेशी क्लब नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो।

लिभरपुलले खेलको सातौं मिनेटमै आत्मघाती गोलबाट अग्रता बनाएको थियो। नर्विच सिटीका ग्रान्ट ह्यानले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता बनाएको हो। 

खेलको १९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। यस्तै, खेलको २८ औं मिनेटमा भर्गिल भान डिजिकले गोल गर्दै लिभरपुलको अग्रता ३–० मा पु¥याए। 

खेलको ४२ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको पासको सदुपयोग गर्दै डिभोक ओरिजीले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले ४–० को फराकिलो अग्रता बनाएको थियो।

पहिलो हाफमा ४–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा भने एक गोल खान पुगेको थियो। खेलको ६४ औं मिनेटमा टिमु पुक्कीले नर्विचका लागि सान्तोना गोल फर्काएका थिए।

जितसँगै गत वर्षको उपविजेता लिभरपुलले तीन अंक जोड्न सफल भयो। 
 

प्रकाशित मिति: ०६:३८ बजे, शनिबार, साउन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्