Kathmandu Press

टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो खेल हङकङसँग

काठमाडाैं, साउन २४ : ओमानमा हुने पाँच राष्ट्र सम्मिलित  टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ।

....
टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिलो खेल हङकङसँग
फाइल

काठमाडाैं, साउन २४ : ओमानमा हुने पाँच राष्ट्र सम्मिलित  टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ।

ओमान क्रिकेट संघको आयोजनामा असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग खेल्ने पक्का भएको हो। टी-ट्वान्टी प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्।
    
नेपालले पहिलो खेल असोज १९ गते हङकङसँग खेल्नेछ। यस्तै, असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग र असोज २३ गते आयोजक ओमानसँग खेल्ने कार्यतालिका छ।  प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ।

ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो। आइसीसीले प्रतियोगिता खेल्न अनुमति दिएपछि नेपालले खेल्ने पक्का भएको हो। 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, साउन २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्