Kathmandu Press

‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशित

‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशित

काठमाडौं, कात्तिक ५ : ऐतिहासिक महत्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिको प्रकाशन गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशन गरेको छ।

सो कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित ६ वटा लोकरामायणलाई एकै ठाउँमा समेटिएको छ। प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थी सम्पादक रहेको यस कृतिमा नेपाली लोकजीवनमा विभिन्न भाषा, संस्कृति र भूगोलअनुसार प्रचलित सबैखाले रामकथाबारे विस्तृत जानकारी दिइएको छ। 

Hardik ivf

‘नेपाली लोक रामायणका विविधरूप’ कृतिमा डा. बद्री शर्मा बिनाडीद्वारा सङ्कलित ‘चैत रामायण’, प्रा.डा. होमनाथ सापकोटाद्वारा सङ्कलित ‘नचरी रामायण’, डा. मुकुन्द शर्माद्वारा सङ्कलित ‘चरित्र रामायण’, जनक विकेशरी धर्मराज थापाद्वारा सङ्कलित ‘बालुन रामायण’, डा. कुलराज निरौलाद्वारा सङ्कलित ‘सङ्गिनी रामायण’ र शिवनिधि जोशीद्वारा लिखित ‘सीता भारत’ गरी ६ लोक रामायण समावेश गरिएका छन्।

प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले रामकथा प्रतिचासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ।

सो विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले हाम्रो लोकजीवनभित्र प्रवेश गर्ने हो भने अनगिन्ती अमूल्य सम्पत्ति प्राप्त हुने र तिनलाई बाहिर ल्याउन सक्ने हो भने सयौं वर्षसम्म विश्वलाई पढाउन पुग्ने ज्ञाननिधि हामीसँग रहेको जानकारी दिँदै ‘नेपाली लोक रामायणका विविध रूप’ कृतिको प्रकाशन त्यसैका लागि गरिएको एउटा सफल प्रयासका रूपमा लिइएको बताए।

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्