Kathmandu Press

भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं, कात्तिक ३ : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार क्रमशः भजन शिरोमणि भक्तराज आचार्य र मोक्षभूमि...
भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं, कात्तिक ३ : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार क्रमशः भजन शिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासका लेखक केशव दाहाललाई प्रदान गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले गायक संगीतकार तथा गीतकारसमेत रहेका आचार्यलाई साधना सम्मान र सिञ्जा खस साम्राज्यमा भएको दासप्रथाबारे लेखिएको उपन्यास मोक्षभूमिका लागि लेखक केशव दाहाललाई पद्मश्री साहित्य सम्मान अर्पण गरिएको बताए।

Hardik ivf

पुरस्कार वितरणका अवसरमा लामिछानेले आगामी वर्षका लागि पद्मश्री साहित्य पुरस्कार छनोटका लागि निर्णायक समितिको नाम पनि सार्वजनिक गरे।

जसमा साहित्यकार कुमारी लामा, नयनराज पाण्डे र समालोचक राम लोहनी समितिमा रहने उनले बताए। उनले आगामी वर्षदेखि समाजसेवामा विशिष्ट योगदान पुर्‍याएका एक व्यक्तिलाई पद्मश्री सेवा सम्मान प्रदान गर्ने घोषणासमेत गरे।

कार्यक्रममा गायक सत्यराज आचार्यले पिता भक्तराज आचार्यको मन्तव्य पढेर सुनाएका थिए। सम्मानित दाहालले पहाडी जिल्लामा हुर्किएको, बिहान मकालु हिमाल देखेको, प्रकृतिलाई नियालेको देखेर आफू हिमाल, पहाड र नदीका कविता लेख्ने भएको उल्लेख गरे। 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्