Kathmandu Press

जीवन-मृत्युको दोसाँधमा कलाकार चौधरी : सहयोगको याचना

लहान, कात्तिक ३ : थारु र मैथिली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन–मृत्युको दोसाँधमा छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका...
जीवन-मृत्युको दोसाँधमा कलाकार चौधरी : सहयोगको याचना

लहान, कात्तिक ३ : थारु र मैथिली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन–मृत्युको दोसाँधमा छन् । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। 

Hardik ivf

कहिले डेङ्गु, कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगरलगायत विभिन्न रोगबाट ग्रसित चौधरी अहिले कानसमेत सुन्न नसक्ने अवस्थामा पुगेको परिवारजनले जनाएको छ। विगत डेढ वर्षदेखि थलिएको छोराको उपचारमा हालसम्म करिब रु ४५ लाख खर्च भइसकेको चौधरीकी आमा विशवरीकुमारी चौधरीले बताइन्।
 
सिरहाको लहानस्थित समाद एफएमबाट आफ्नो साङ्गीतिक क्यारियरको सुरुआत गरेको कलाकार चौधरीको सयौं भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौँलगायत गीत र फिल्ममा मुख्य पात्र (नायक) का रुपमा अभिनय गरेका छन्।

छोरोको उपचार गर्दागर्दौ परिवारिक आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगका लागि सम्पूर्ण कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी, सङ्घ संस्था, देश, विदेशका प्रवासी कमदारलगायतसँग कलाकार चौधरीकी आमाले अपिल गरेकी छन्। 
 
आमा विशवरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाको खाता नं. २१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिन चौधरीको परिवारले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्