Kathmandu Press

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : गृहमन्त्री

काठमाडौं, माघ १६ : गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दाेहाेर्‍याएका छन् । 

गृहमन्त्री थापासँग....

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : गृहमन्त्री
रासस

काठमाडौं, माघ १६ : गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दाेहाेर्‍याएका छन् । 

गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले गरेको शिष्टाचार भेटमा नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गरेका हुन् । 

Hardik ivf

भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए ।  

नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका थिए ।  

भेटमा राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेकी थिईन । उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिईन । 
 

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्