Kathmandu Press

ऋषिराजको ‘चुरिफुरी’ ९ पुसमा प्रदर्शन हुने

काठमाडौं, कात्तिक ३ : ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्म आगामी ९ पुसमा प्रदर्शन...
ऋषिराजको ‘चुरिफुरी’ ९ पुसमा प्रदर्शन हुने

काठमाडौं, कात्तिक ३ : ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्म आगामी ९ पुसमा प्रदर्शन हुनेछ ।

कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन फिल्म ‘चुरिफुरी’ ले औषधीको काम गर्ने निर्देशक आचार्यले बताए । फिल्म क्षेत्रलाई चलायमान गराउन अब लगातार फिल्म रिलिजको विकल्प नभएको निर्देशक आचार्यको भनाइ छ।

फिल्म ‘चुरिफुरी’ मा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ , राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ।

दीपक शर्माको संगीत तथा राहुल राईको छायाँकन रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको वितरण डिसिएनले जिम्मा लिएको छ।

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्