Kathmandu Press

पासाङको ‘टारी खेत’मा पुष्प र एलिशाकाे जाेडी

काठमाडौं, कात्तिक २ : गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो ‘टारी खेत’ सार्वजनिक भएको छ। यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर...
पासाङको ‘टारी खेत’मा पुष्प र एलिशाकाे जाेडी
Hardik ivf

काठमाडौं, कात्तिक २ : गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो ‘टारी खेत’ सार्वजनिक भएको छ। यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राईसंगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।  

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन्।  साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्