Kathmandu Press

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

झापा, असोज ३१ : राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ।

भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए।

अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गरेपछि उनको कमेडीको यात्रा चुलिएको थियो।
 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्