Kathmandu Press

आज सन्दीप र सोमपालको टिम भिड्दै

काठमाडौं, साउन २२ : क्यानाडामा भइरहेको ग्लोबल टी-२० प्रतियोगितामा सेमिफाइनल (क्वालिफायर) प्रवेशका लागि आज सन्दीप लामिछाने र सोमपाल कामीको टिम भिड्न ला....

आज सन्दीप र सोमपालको टिम भिड्दै

काठमाडौं, साउन २२ : क्यानाडामा भइरहेको ग्लोबल टी-२० प्रतियोगितामा सेमिफाइनल (क्वालिफायर) प्रवेशका लागि आज सन्दीप लामिछाने र सोमपाल कामीको टिम भिड्न लागेका छन्।

आज पहिलो खेल राति १०ः१५ बजे फाइनल प्रवेशका लागि ब्रम्टन वभ्स र भ्याकभर नाइट्सबीच पहिलो क्वालिफायर हुनेछ। यसमा विजेता टोली फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउनेछ।

दोस्रो खेल सेमिफाइलन (क्वालिफायर) प्रवेशका लागि सन्दीपको टोरोन्टो नेसनलस् र सोमपालको विनिपेक हक्सबीच राति २ः१५ बजे हुनेछ। यस खेलमा बिजेता टोली फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलिसँग भिड्नेछ भने पराजित टोली बाहिरिनेछ।

सन्दीपको टोलीको गए राति भएको खेलमा मोन्टेरियल टाइगर्सलाई पराजित गर्दै ईलिमिनेटरमा पुगेको हो। हिजो खेलमा सन्दीपले राम्रो प्रदर्शन गरे। उनले २५ रन खर्चेर एक विकेट लिए।

सन्दीपको टोली नोरोन्टो नेसनल्सले पाँच विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो। प्रतिउत्तरमा मोन्टेरियल टाइगर्स १९.३ ओभरमा एक सय ५४ रनमै समेटियो।

पहिलो खेलमा विर्सनलायक प्रदर्शन भएपनि सन्दीपले दोस्रो र तेस्रो खेलमा भने कमब्याक गरेका छन्। उनले दुवै खेलमा राम्रो प्रदर्शन गरेका छन्।

सोमपालको टिम विनिपेग हक्स भने भानकभर नाइटससँगको खेल वर्षाका कारण स्थगित भएपछि एक अंक पाउदै ईलिमिनेटर चरणमा पुगेको थियो।

सोमपालको डब्यू खेल पनि बिर्सनलायक नै रह्यो। वर्षाका कारण भानकभर नाइटससँगको खेल नभएपछि सुधार गर्ने मौका पाएनन्। उनी आज सन्दीपको टिमसँगको प्रतिस्पर्धामा प्लेइङ ११ मा पर्न सक्नेछन्।

सन्दीपले गत वर्षपछि ग्लोबल टी–२० खेलेका थिए भने सोमपालको यो पहिलो फ्रेन्चाइज हो।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्