Kathmandu Press

चलचित्र  ‘डाँडाको वरपीपल’ देशव्यापी रिलिज हुँदै

काठमाडौं, असोज २६ : नेपाली कथानक चलचित्र  ‘डाँडाको वरपीपल’ आज (मंगलबार) देखि देशव्यापी रिलिज हुँदैछ। शोभित बस्नेतद्वार निर्देशित यो चलचित्र फूलपातीको दिनबाट रिलिज गर्ने बुढासुब्बा...
चलचित्र  ‘डाँडाको वरपीपल’ देशव्यापी रिलिज हुँदै

काठमाडौं, असोज २६ : नेपाली कथानक चलचित्र  ‘डाँडाको वरपीपल’ आज (मंगलबार) देखि देशव्यापी रिलिज हुँदैछ। शोभित बस्नेतद्वार निर्देशित यो चलचित्र फूलपातीको दिनबाट रिलिज गर्ने 

बुढासुब्बा डिजिटलको प्रस्तुतिमा बनेको यो चलचित्रमा नवराज गिरीले लगानी गरेका छन्। उपत्यकामा गोपालकाजी कायस्थको बीके फिल्मस् र बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका हुन्।

देशका ५६ वटा पर्दामा चलचित्र रिलिज हुँदैछ। सोमबार काठमाडौंमा यो चलचित्रको प्रिमियर सोको आयोजना गरिएको थियो। त्यसबाट सकारात्मक प्रतिक्रिया पाइएको निर्माण पक्षले जनाएको छ।

यो चलचित्रमा  भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायत कलाकारको अभिनय छ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ।

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्