Kathmandu Press

पत्रकार एवं गायक समीरकाे दोहोरी साँझ सञ्चालनमा

पत्रकार एवं गायक समीरकाे दोहोरी साँझ सञ्चालनमा

काठमाडौं, असोज २३ : पत्रकार तथा गायक प्रकाश समीरले दोहोरी साँझ सञ्चालनमा ल्याएका छन्। 

केही महिना अघिदेखि सञ्चालनमा ल्याएको भए पनि समीरले दोहोरी साँझ सञ्चालनमा ल्याएको औपचारिक रुपमा जानकारी घटस्थापनाका दिनदेखि मात्र गराएका हुन्। तीन दिने विशेष कार्यक्रमसहित समीरले आफूले दोहोरी साँझ सञ्चालनमा ल्याएको जानकारी फेसबुकमार्फत दिएका थिए। 

Hardik ivf

शान्ति दोहोरी साँझ काठमाडौंको मित्रनगरस्थित नयाँ बसपार्कमा रहेको छ। ‘नेपाली मौलिक लोकभाकाहरुका साथ रम्न अनि रमाउनका लागि शान्ति दोहोरी’ भन्ने मूल नारासहित संचालनमा आएको दोहोरी साँझ साढे ६ देखि राति १ बजेसम्म सञ्चालन हुने सञ्चालक समीरले जानकारी दिए।

उनको आवाजमा आधा दर्जन गीत बजारमा आईसकेका छन् भने पेसागत हिसाबले समीर पत्रकारितामा संलग्न छन्। गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष, संस्कार समाज नेपालको सचिवसमेत रहेका समीर बागबजारमा रहेको समीर मिडिया एन्ड प्रकाशन प्रालिका प्रबन्ध निर्देशक हुन्।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्