Kathmandu Press

दर्शकश्रोताको मन जित्दै ‘सरकारी अड्डा’

काठमाडौं, असोज २३ : हालै सार्वजनिक ‘सरकारी अड्डा’ले दर्शकश्रोताको मन जित्न सफल भइरहेको छ।पदम राई र रचना रिमालको स्वरमा रहेको सो गीतको भिडियो रिलिज...
दर्शकश्रोताको मन जित्दै ‘सरकारी अड्डा’

काठमाडौं, असोज २३ : हालै सार्वजनिक ‘सरकारी अड्डा’ले दर्शकश्रोताको मन जित्न सफल भइरहेको छ।

पदम राई र रचना रिमालको स्वरमा रहेको सो गीतको भिडियो रिलिज भएको चार दिनमा चार झन्डै पाँच लाखजनाले हेरिसकेका छन्। केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको गीतमा डिपि खनालको शब्द, दीपक शर्माको संगीत रहेको छ।

Hardik ivf

‘पछि पछि लागेर...’, ‘के मिठो छ र सखर चिनी...’, ‘यसो हेरे पूर्वतिर...’ जस्ता चर्चित गीतका स्रष्टा पदम राईले आफ्नो पछिल्लो म्युजिक भिडियोका रूपमा ‘सरकारी अड्डा’ सार्वजनिक गरेका हुन् । 

नेपाली चलचित्रका जमेको जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालगायतका अभिनित भिडियोका निर्देशक निकेश खड्का हुन्।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्