Kathmandu Press

‘चिसो मान्छे’को पोस्टर सार्वजनिक, वैशाखमा प्रदर्शन हुने

‘चिसो मान्छे’को पोस्टर सार्वजनिक, वैशाखमा प्रदर्शन हुने

काठमाडौं, असोज २३ : निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘चिसो मान्छे’आउँदो वैशाखमा प्रदर्शन हुने भएको छ।

निर्देशक खनालले सामाजिक सञ्जालमार्फत् फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म ३० वैशाख २०७९ मा प्रदर्शन हुने जानकारी दिएका हुन्। फिल्मको छायांकन, लेखन तथा निर्देशन सबै खनालले नै गरेका छन्। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। 

चिसो मान्छको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता अर्पण थापा रहेका छन् । देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतको अभिनय फिल्ममा छ।

मानिसहरुमा भएको नैराश्यताको कथालाई समेटिएको फिल्म काठमाडौंदेखि सुदूरपश्चिमको बाजुरासम्म खिचिएको निर्देशक खनालले बताएका छन् । 

प्रकाशित मिति: १२:४० बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्