‘पिउन सुरु गरेपछि’ लिएर आए शिव परियार
काठमाडौं, असोज २३ : चर्चित गायक शिव परियारको ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोलको गीत सार्वजनिक भएको छ। इम्प्रेशन इन्टरटेनमेन्टले...
काठमाडौं, असोज २३ : चर्चित गायक शिव परियारको ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोलको म्युजिक भिडियाे सार्वजनिक भएको छ। इम्प्रेशन इन्टरटेनमेन्टले म्युजिक भिडियाे बजारमा ल्याएको हो।
म्युजिक भिडियाेमा नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईंको छ । भिडियाेमा नेपाली चलचित्रका लोकप्रिय नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति छ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको हो ।
दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउनेसम्बन्धी गीत सार्वजनिक भएको गायक परियारले जानकारी दिएका छन्।
प्रकाशित मिति: १०:३७ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












