Kathmandu Press

एनओसीको निर्वाचन भदौ २० मा हुने

काठमाडाैं, साउन २० : नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ। 

एनओसीको सोमबार बसेको विशेष साधारणसभाले नयाँ ....

एनओसीको निर्वाचन भदौ २० मा हुने

काठमाडाैं, साउन २० : नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ। 

एनओसीको सोमबार बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो। आइओसीले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तोकेको हो। 

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन्। त्यसैगरी विशेष साधारणसभाले विधान संशोधन गर्दै एनओसीको कार्यसमिति अब १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको विशेष साधारणसभामा संघका प्रतिनिधि १९ र एक पर्यवेक्षकको उपस्थित थियो। 

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्