चन्द्रको ‘एकै नजर’मा सुवानी मोक्तान
काठमाडौं, असोज २२ : गायक चन्द्र लावारले दशैँ तिहारको कोशेली स्वरूप ‘एकै नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।प्रेमिल शैलीको गीतमा युवा प्रेम र....png)
काठमाडौं, असोज २२ : गायक चन्द्र लावारले दशैँ तिहारको कोशेली स्वरूप ‘एकै नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ। यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।
रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्। प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार मार्फत भिडियो सार्वजनिक भएको हो।
प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












