Kathmandu Press

भद्रकालीमा शारदीय काव्य उत्सव

काठमाडौं, असोज २१ : बडादसैंको पूर्वसन्ध्यामा त्रिशूली वाङ्यमय प्रतिष्ठानले आज भद्रकालीमा ‘शारदीय काव्य उत्सव-२०७८ आयोजना गरेको छ।    हरेक वर्ष दसैँअघि गरिँदै आएको उक्त काव्य...
भद्रकालीमा शारदीय काव्य उत्सव
Hardik ivf

काठमाडौं, असोज २१ : बडादसैंको पूर्वसन्ध्यामा त्रिशूली वाङ्यमय प्रतिष्ठानले आज भद्रकालीमा ‘शारदीय काव्य उत्सव-२०७८ आयोजना गरेको छ।
    
हरेक वर्ष दसैँअघि गरिँदै आएको उक्त काव्य उत्सवका अवसरमा यो वर्ष वरिष्ठ कवि विमल निभाको प्रमुख आतिथ्यतामा नुवाकोटेली र अन्य जिल्लाका स्रष्टाका रचना वाचन तथा प्रस्तुति गराइएको थियो। स्रष्टाले समसामयिकता, राष्ट्रियता, जीवन र मान्छे आदि विषयमा कविता वाचन गरेका थिए। 

उत्सवमा कवि विमल निभा, भुवनहरि सिग्देल, वियोगी बुढाथोकी, भीष्म उप्रेती, श्याम रिमाल, गणेशकुमार मिश्र, महेश कार्की, विष्णुप्रसाद आचार्य, पर्शुराम पराशर, सकुन्तला जोशी, भवानी खतिवडा, देवेन्द्र अर्याल, रिमा केसी, रामकुमार पण्डित, रुविन न्यौपाने, प्रेमराज सिलवाल,  भवानीप्रसाद अधिकारी, जीत अधिकारी, प्रकाश सिलवाल, सन्तोषी अधिकारी, मीना घोरसाइने, जया ओझा, श्याम सङ्कल्प, दिनेश पाण्डे, धर्तीचन्द्र यात्री, राममणि निरौला, शिवप्रसाद आचार्य, सन्तोष सिंखडा र श्यामराज पाठकले रचना प्रस्तुत गरेका थिए। 
    
प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोलले आगामी दिनमा साहित्य, पर्यटन र कलासंस्कृतिलाई जोडेर थप काम गरिने बताउँदै निकट भविष्यमा नुवोकोटको चिम्टेश्वर क्षेत्रमा साहित्यिक यात्रा गरिने जानकारी दिए। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्