Kathmandu Press

अस्मिताको ‘हुन्न नभन’मा अभिनय र रन्जनाको रोमान्स

काठमाडौं, असोज २१ : करिब ६ महिनाअघि ‘घिर्लिङ’ बोलको म्युजिक सार्वजनिक गरेका गायक अभिनय निरौलाले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘हुन्न नभन’ सार्वजनिक गरेका...
अस्मिताको ‘हुन्न नभन’मा अभिनय र रन्जनाको रोमान्स

काठमाडौं, असोज २१ : करिब ६ महिनाअघि ‘घिर्लिङ’ बोलको म्युजिक सार्वजनिक गरेका गायक अभिनय निरौलाले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘हुन्न नभन’ सार्वजनिक गरेका छन्।  

यस गीतमा गायक निरौलालाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्।

योगेन्द्र उपाध्यायले संगीतबद्ध गरेको यस गीतलाई सुवास जोशीले संगीत संयोजन गरेका हुन्। रोमान्टिक भर्सनको यस गीतमा सायरीको प्रयोगसमेत गरिएको छ।  

अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिनाबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बी लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

अभिरन इन्टरटेन्मेन्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।  

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्