Kathmandu Press

नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ सार्वजनिक 

काठमाडौं, असोज २० : मोडल कमल सिंह र नग्मा श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिएको ‘काफल टिप्न जाउँ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको...
नग्मा र कमल फिचर्ड ‘काफल टिप्न जाउँ’ सार्वजनिक 

काठमाडौं, असोज २० : मोडल कमल सिंह र नग्मा श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिएको ‘काफल टिप्न जाउँ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा भक्त घलेको स्वर, शब्द र संगीत रहेको छ। अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।  

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्।  शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। 

गायक घलेको आधिरीक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो। 
 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्