Kathmandu Press

मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश

काठमाडौं, असोज १७ : मूर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश  ‘जीवन गीत’ बोलको म्युजिक भिडियो...
मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश

काठमाडौं, असोज १८ : मूर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश  ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

जीवन दर्शन र जीवनको यथार्थलाई प्रस्तुत गरिएको गीतमा लामो समय देखि जापानमा बस्दै आएका मूर्तिकार मन्जुल मितेरीको शब्द, संगीत रहेको छ। वादल लिम्बूले गीतलाई संगीत संयोजन गरेका हुन्।

भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन्। अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन्।

ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा सार्वजनिक गरिएको यस भिडियोलाई गीतकार सरिता लिङ्देनले निर्देशनमा तयार पारिएको हो। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्