Kathmandu Press

ग्लोबल टी-२० मा सोमपालको डेब्यू

काठमाडौं, साउन १९ : क्यानाडामा जारी ग्लोबल टी–२० मा सोमपाल कामीले पनि डेब्यू गरेका छन्।

हिजो राति भएको खेलमा सोमपालले विनिपेग हक्सको त....

ग्लोबल टी-२० मा सोमपालको डेब्यू

काठमाडौं, साउन १९ : क्यानाडामा जारी ग्लोबल टी–२० मा सोमपाल कामीले पनि डेब्यू गरेका छन्।

हिजो राति भएको खेलमा सोमपालले विनिपेग हक्सको तर्फबाट ग्लोबल टी–२० मा डेब्यू गरेका हुन्। तर, उनको डेब्यू सन्तोषजनक रहेन्। उनले दुई ओभरमात्रै बलिङ गर्न पाए। जसमा ३३ रन खर्चिए।

यो खेलमा उनको टीम हक्स इडमन्टन रोयलसँग आठ विकेटले पराजित भयो। हक्सले दिएको एक सय ९६ रनको लक्ष्य रोयलले दुई विकेट गुमाएर १७.४ ओभरमै पूरा गर्‍यो।

त्यस्तै, हिजो राति भएको अर्को खेलमा सन्दीप लामिछानेको टीम पनि पराजित भयो।

ब्रमटन वल्भसले दिएको दिएको दुई सय २३ रनको लक्ष्य पछ्याउने क्रममा सन्दीपको टोरोन्ट नेसनलस् दुई सय ११ रनमै समेटियो।

यसमा सन्दीपको खेल पनि सन्तोषजनक रहेन। उनले चार ओभरमा दुई विकेट लिएर ४४ रन खर्चिए।

आज राति २ः१५ बजे सन्दीपको टोली टोरोन्टो नेसनलस्ले मोन्टेरियल टाइगर्ससँग खेल्नेछ।

प्रकाशित मिति: १०:५० बजे, आइतबार, साउन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्