अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस-सुन्तलीको घोषणा
काठमाडौं, माघ १६ : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।
बुधबार राष्ट्रिय ....

काठमाडौं, माघ १६ : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउँने सम्झौता भएको छ ।
महानगरले भरतपुर–१६ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरिरहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गा रंगशालाका लागि उपलब्ध गराउने भएको हो । यो २० विगाह ८ कट्ठा क्षेत्रफल रहेको छ ।
रंगशालाको गुरुयोजना तयार भएको र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने फाउन्डसेनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । रंगशाला निर्माणमा तीन अर्ब लाग्ने अनुमान गरिएको उनले बताए ।











