Kathmandu Press

साहित्यकार डा लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

काठमाडौं, असोज १६ : साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ। राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली...
साहित्यकार डा लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

काठमाडौं, असोज १६ : साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ। राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन्। मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ।

राज्यशक्तिको वलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्‍याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यस बेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धिकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ। सो अवसरमा लेखक आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भई हाल्छ भन्ने अवस्था नरहेको बताए।

Hardik ivf

उनले भने, ‘सिर्जनामा दलित पात्र हुँदैमा उक्त वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको पीडनमा परेकालाई दाया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले  समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ।’ समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राखे।

कवयत्री त्रिपाठीले सीमन्तकृत समुदायको पीडा र भोगाईंलाई गहिर्‍याइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेद्सँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गरिन्। साहित्यकार डा लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताए।

पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन्। बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्य ४२ सर्ग छ।

कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको छ – सांसद चौधरी

यसैबीच, प्रतिनिसभा सदस्य मेटमणी चौधरीले लेखक राहुल  साङ्कृत्यायनको  ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको आज विमोचन गरेका छन्। अनुवादक मीनराज बसन्त रहेका उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो।
    
पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन्। पुस्तकको विमोचन गर्दै सांसद चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताए। उनले भने, ‘कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवं कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेको सङ्गठन सुधारमा हामी सबै जुट्नुपर्छ।’

प्रकाशित मिति: २१:१२ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्