Kathmandu Press

‘बाँच्नुको एउटा जीवन’ विमोचन

काठमाडौं, असोज १६ : साहित्यकार गणेशप्रसाद नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथा विमोचन गरिएको छ।चार दशकसम्म सरकारी विद्यालयमा अध्यापन गरेका नेपालको उक्त कृतिको...
‘बाँच्नुको एउटा जीवन’ विमोचन

काठमाडौं, असोज १६ : साहित्यकार गणेशप्रसाद नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथा विमोचन गरिएको छ।

चार दशकसम्म सरकारी विद्यालयमा अध्यापन गरेका नेपालको उक्त कृतिको आख्यानकार पुण्यप्रसाद खरेलले आज (शनिबार) एक कार्यक्रमबीच विमोचन गरेका हुन्। 

लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा स्रष्टा नेपालको परिचय कृष्ण सुवेदी निराकारले गरेका थिए।

कृतिबारे परिचर्चासहित समालोचना सहप्राध्यापक तारा विविध र साहित्यकार भवानी क्षेत्रीले गरेकी थिइन्। 

कार्यक्रममा पुस्तकालयका सभापति नवराज घिमिरे, वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोल, भद्रपुर नगर क्षेत्रका लेखक साहित्यकारलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १६:०३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्