Kathmandu Press

लुम्बिनीका सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

काठमाडौं, असोज १६ : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरले उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार पाउने भएका छन्।जनवादी गीतकार एवं संगीतकार रहेका उनलाई गीतसंगीतका माध्यमबाट...
लुम्बिनीका सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

काठमाडौं, असोज १६ : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती मगरले उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार पाउने भएका छन्।

जनवादी गीतकार एवं संगीतकार रहेका उनलाई गीतसंगीतका माध्यमबाट नेपाली समाजको सांस्कृतिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएको भन्दै उत्सर्ग फिल्मस नेपालले सो पुरस्कार प्रदान गर्न लागेको हो। 

सभामुख घर्तीलाई मंसिर ११ गते ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशिसहत पुरस्कृत गरिने उत्सर्ग फिल्मसले जनाएको छ।

२०४३ सालयता पूर्णकालीन राजनीतिमा सहभागी घर्तीले  ‘जनयुद्ध’को विचारधारालाई आत्मसात् गरेर थुप्रै गीत तथा कविता लेखेका छन्। उनले संगीत गरेका थुप्रै गीत सार्वजनिक भएका छन्। 

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्