सरला श्रेष्ठको ‘बिरोध छैन’ मा प्रेमीको सम्झना (भिडियो)
काठमाडौं, असोज १५ : अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ ।सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा...
काठमाडौं, असोज १५ : अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ ।
सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र प्रेमिकाको सम्झनामा छटपटाहट रहेको प्रेमीको बिषयवस्तुलाई समेटिएको छ । सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ ।
पारिवारिक खुशीको लागि वाध्यताबस विदेशमा गर्नु परेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ । कृतिको मिठासपुर्ण संगीतमा रचनाले न्यायपुर्ण स्वर भरेकी छिन् । गीतको भिडियोमा मोडल द्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ ।
कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् । यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पुर्ण रेभिन्यु सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् ।
गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्दत गर्दै आइरहेको शारिरिक तथा मानशिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।












