Kathmandu Press

प्रितम आचार्यको नयाँ गीत ‘सरर’ सार्वजनिक

काठमाडौं, असोज १५ : सारेगमप लिटल च्याम्प्समा तेस्रो भएर चर्चामा आएका गायक प्रितम आचार्यको दोस्रो गीत सार्वजनिक भएको छ।‘सरर’ बोलको गीतको भिडियोमा आचार्यको पनि...
प्रितम आचार्यको नयाँ गीत ‘सरर’ सार्वजनिक

काठमाडौं, असोज १५ : सारेगमप लिटल च्याम्प्समा तेस्रो भएर चर्चामा आएका गायक प्रितम आचार्यको दोस्रो गीत सार्वजनिक भएको छ।

‘सरर’ बोलको गीतको भिडियोमा आचार्यको पनि लिपसिङ रहेको छ। एमएमएस इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको गीतको संगीत र शब्द मानस राजको रहेको छ।

प्रसन्न घिमिरेले निर्देशन गरेको भिडियोमा बाल कलाकारहरु सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ। डम्बर बहादुर राईको सिनेम्याटोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्