Kathmandu Press

पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानमा हुने

काठमाडौं, साउन १७ : अर्को वर्ष हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ।....

पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानमा हुने

काठमाडौं, साउन १७ : अर्को वर्ष हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ।

जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाएको हो। मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको छ। 

नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणका लागि जापान जाने खेलाडीहरुमा पलेसा गोवद्र्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन्। 

यस्तै, प्रशिक्षकमा कविराज नेगी लामा,  व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन्। नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्नेछ।

यसैबीच, नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ। संघका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङ र पारा तेक्वान्दो कमिटीका अध्यक्ष काशिममियाँ धोबीले सातदोबाटोमा बिदाइ गरेका हुन्। 

आइतबार जापान जाने नेपाली टोलीले अगष्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्नेछ। नेपाल तेक्वान्दो संघसँग भएको सम्झौता अनुसार नेपाली पारा खेलाडीले जापानमा दुई चरणमा प्रशिक्षण गर्ने छन्। 
 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, साउन १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्