Kathmandu Press

शान्ति समाजद्वारा १५ स्रष्टालाई सम्मान गरिने

काठमाडौं, असोज १५ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५  स्रष्टालाई सम्मानित गरिने भएको छ।यस क्रममा वर्ष २०७८...
शान्ति समाजद्वारा १५ स्रष्टालाई सम्मान गरिने
Hardik ivf

काठमाडौं, असोज १५ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५  स्रष्टालाई सम्मानित गरिने भएको छ।

यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा. वेणीमाधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँके, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी सङ्खुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए।
  
यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भूमिप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाडौँ, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँ र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी कैलालीलाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए।
  
सम्मानित स्रष्टाका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृति प्रकाशित छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी रु. २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको शान्ति समाजले जनाएको छ।
   
एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानका रुपमा अघि बढाउँदै आएको छ।

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्