Kathmandu Press

भ्वाइस अफ नेपाल विजेता किरणलाई विमानस्थलबाटै फर्काइयो अमेरिका

काठमाडौं, असोज १३ सिंगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ का विजेता किरण गजमेरलाई त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो। भिसाको म्याद सकिएकाले अमेरिकाबाट...
भ्वाइस अफ नेपाल विजेता किरणलाई विमानस्थलबाटै फर्काइयो अमेरिका

काठमाडौं, असोज १३ : सिंगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ का विजेता किरण गजमेरलाई त्रिभुवन विमानस्थलबाट फर्काइएकाे छ। 

भिसाको म्याद सकिएकाले अमेरिकाबाट आएका उनलाई अध्यागमन कार्यालयले उतै फर्काइदिएको हो। उनी भुटानी शरणार्थीका रुपमा नेपाल आएका थिए।

Hardik ivf

पछिल्लो समय उनी अमेरिकी नागरिक भइसकेका छन्। नेपालको भिसा लगाएर उनी भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए। तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ।

सोमबार उनी कतार एयरवेजको क्युआर ६५० कलसाइनको जहाजबाट काठमाडौं आएका थिए। अध्यागमन कार्यालयका अनुसार टुरिस्ट भिसामा नेपाल आएर गजमेर २७० दिन बसेका रहेछन्। जबकि यस्तो भिसामा विदेशीले १५० दिनभन्दा बस्न नपाइने जनाइएको छ।

उनी नेपालमा १३० दिन बढी बसेकाे अध्यागमनले जनाएकाे छ। अध्यागन नियमअनुसार उनले अब सन् २०२२ लागेपछि मात्र मात्र नेपाल आउन पाउँछन्।

प्रकाशित मिति: १७:३० बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्