Kathmandu Press

प्रतापको स्वरमा ‘रिसाऊ न त रिसाऊ...’ 

काठमाडौं, असोज १३ : रिसाएकी प्रेमिकालाई फकाउन सिकाउने नयाँ गीत दर्शकश्रोतामाझ आएको छ।गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाऊ न त रिसाऊ...’  बोलको म्युजिक भिडियो...
प्रतापको स्वरमा ‘रिसाऊ न त रिसाऊ...’ 

काठमाडौं, असोज १३ : रिसाएकी प्रेमिकालाई फकाउन सिकाउने नयाँ गीत दर्शकश्रोतामाझ आएको छ।

गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाऊ न त रिसाऊ...’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

Hardik ivf

प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नवीन कार्कीले संगीतबद्ध यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।  

म्युजिक भिडियोमा दिनेश खनाल र विष्णु मिश्रलाई क्युट कपलका रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  

मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्