Kathmandu Press

निसान भट्टराई र रचना रिमालको ‘माया गर्नलाई...’ सार्वजनिक

काठमाडौं, असोज १२ : निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई...’ सार्वजनिक भएको छ।रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा...
निसान भट्टराई र रचना रिमालको ‘माया गर्नलाई...’ सार्वजनिक

काठमाडौं, असोज १२ : निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई...’ सार्वजनिक भएको छ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन्। सार्वजनिक गीतलाई प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदयराज पौडेलको सुन्न सकिन्छ।

म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सरिता प्रजापतिको मेकअप, राजीव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ।

म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईंको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्