Kathmandu Press

गत वर्ष के गर्‍यो भक्तपुर नगरपालिकाले ?

गत वर्ष नौ सय १६ एकल महिलाले यो भत्ता बुझेका छन्। त्यस्तै, एक हजार दुई सय २३ विधवा महिलामध्ये एक हजार एक ९७ जनाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता पाएका छन्।
गत वर्ष के गर्‍यो भक्तपुर नगरपालिकाले ?

काठमाडाैं, असाेज १२: पुरातात्त्विक सम्पदाको धनी सहर मानिने भक्तपुर नगरपालिका कुल ६.८८९९ वर्ग किलोमिटर क्षेत्रफल (६८८.९९ हेक्टर) मा फैलिएको छ। कुल १० वटा वडा रहेको यस नगरपालिकामा कुल १७ हजार ६ सय ५५ घरधुरी छन्। जनगणना २०६८ अनुसार, यहाँ कुल जनसंख्या ८३ हजार ६ सय ५८ (पुरुष ४२,६७८ र महिला ४०,९८०) छ।

भूउपयोगिताका हिसाबले बसोबास क्षेत्र ११५.४००, कृषि क्षेत्र ५१९.१००, बजार क्षेत्र ५.८००, वन क्षेत्र ३४.४००, जल क्षेत्र २२.९०० र संरक्षित स्मारक क्षेत्र ७.७०० रहेको छ।

बजेट

Hardik ivf

आर्थिक वर्ष २०७७÷७८ मा यस नगरपालिकाका लागि कुल बजेट १ अर्ब ६३ करोड २७ लाख २६ हजार सात सय विनियोजन गरिएको थियो। जसमध्ये विभिन्न शीर्षकमा ९५ करोड ५९ लाख ६ हजार दुई सय २६ खर्च भएको नगरपालिकाको तथ्यांक छ। जुन कुल बजेटको ५८.५४ प्रतिशत खर्च हो।

नगरपालिकाले गत वर्ष सबैभन्दा बढी भौतिक पूर्वाधार विकासमा बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकास शीर्षकमा खर्च भएको छ।

सामाजिक विकास शीर्षकमा विनियोजित ५६ करोड ४ लाख ९४ हजार बजेटमा ४० करोड ३५ लाख ४२ हजार ९ सय ६४ (७२ प्रतिशत) खर्च भएको छ।

भौतिक पूर्वाधार विकासमा ६२ करोड ५४ लाख ६६ हजार सात सय विनियोजित भएकोमध्ये २७ करोड ४८ लाख १९ हजार १९० (४३.९४ प्रतिशत) खर्च भएको छ।

आर्थिक विकास शीर्षकमा विनियोजित बजेट ३ करोड २७ लाखमा १ करोड १७ लाख ४३ हजार १३९ (३५.९ प्रतिशत) खर्च भएको छ।

सुशासन तथा संस्थागत विकासतर्फ विनियोजित ५३ लाख बजेटमध्ये १६ लाख ९ हजार ३ सय ९७ (३०.३७ प्रतिशत) खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक शीर्षकमा विनियोजित ४० करोड ७८ लाख ७६ हजार बजेटमध्ये २६ करोड ४२ लाख २१ हजार ५३६ (६४.६४ प्रतिशत) खर्च भएको नगरपालिकाको तथ्यांक छ।

यस्तै, विकास तथा पुँजीगत बजेटबाट सञ्चालित योजनामध्ये ८५ वटा नगरस्तरीय र एक सयवटा वडास्तरीय रहेको नगरपालिकाले जनाएको छ।

सामाजिक सुरक्षा लाभग्राही

सामाजिक सुरक्षा अनुदानअन्तर्गत गत वर्ष यस नगरपालिकामा कुल लाभग्राही संख्या ६ हजार ९ सय ६ थियो, जसमध्ये ६ हजार ६ सय २ जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गरिसकेका छन्। चार हजार चार सय ३५ ज्येष्ठ नागरिकमध्ये चार हजार १ सय ६७ ले बैंकबाट सामाजिक सुरक्षा भत्ता पाएका छन्। दलित ज्येष्ठ नागरिक तीन जनामध्ये तीनै जनाले उक्त सेवा प्राप्त गरेका छन्।

यो पनि पढ्नुहोस्

गत वर्ष के गर्‍यो चाँगुनारायण नगरपालिकाले ?

गत वर्ष नौ सय १६ एकल महिलाले यो भत्ता बुझेका छन्। त्यस्तै, एक हजार दुई सय २३ विधवा महिलामध्ये एक हजार एक ९७ जनाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता पाएका छन्। अपांगता भएकाको हकमा ‘क’ वर्ग (पूर्ण अपांगता) का एक सय चार जनामध्ये ९९ जना र ‘ख’ वर्ग (आंशिक अपांगता)का दुई सय ३० जनामध्ये दुई सय १९ जनाले भत्ता पाएका छन्। दलित बालबालिका एकजना रहेको र उनले सामाजिक सुरक्षा भत्ता पाएको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा बैंकमार्फत सामाजिक सुरक्षा भत्तामा मात्रै २० करोड ७५ लाख ३३ हजार ८ सय ४८ रकम खर्च भएको नगरपालिकाको तथ्यांक छ।

शिक्षा र स्वास्थ्य

आर्थिक वर्ष २०७७÷७८ मा भक्तपुर नगरपालिकाले छाती तथा श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याएको थियो। उच्च शिक्षा प्रदान गर्नका लागि यस नगरपालिकामा सातवटा कलेज सञ्चालनमा छन्।

यस्तै, घरदैलो नर्सिङ सञ्चालनमा रहनुका साथै नगरवासीलाई उच्च शिक्षा अध्ययन गर्न शैक्षिक ऋण प्रदान गरिएको छ। नगरपालिकाले ख्वप (भक्तपुर)को पहिचान स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री भाग १ र २ प्रकाशन गरेको छ भने कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिसकेको नगरपालिकाले जनाएको छ।

यस्तै क्षेत्रगत गुरुयोजनातर्फ ख्वप अस्पताल भवन निर्माण आयोजना र देको, मिवा, इतापाके जग्गा एकीकरण आयोजना रहेका छन्।

यस्तै, सोही आर्थिक वर्ष विशेषज्ञ सेवासहितको ख्वप अस्पताल सञ्चालन गरी दैनिक करिब ५ सय बिरामीले सेवा पाइरहेका छन्। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि ७५ बेडको एचडियुसहितको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ। अक्सिजन प्लान्ट स्थापनाका लागि जनताको सहयोगस्वरुप करिब ६ करोड २५ लाख उठेको र यसले नगरवासीलाई निःशुल्क अक्सिजन वितरण भइरहेको नगरपालिकाले जनाएको छ।

अभाव वा समस्या

भक्तपुर नगरपालिकामा अहिले खानेपानीको स्रोतको अभाव छ। फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट र ढल निकास उपचार पोखरीको अभाव छ। हनुमन्ते र खासाङ्खु खोलाको प्रदूषण नियन्त्रण हुन सकेको छैन। कोभिड–१९ का कारण साधन स्रोतको अभाव, ट्राफिक व्यवस्थापनमा कठिनाइ लगायत समस्या रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्र मात्र दैनिक ३० टन फोहोर उत्पादन हुन्छ। फोहोरमैला संकलन कार्यमा एक सय ४० कर्मचारी खटिएका छन्। फोहोर संकलनका लागि डोजर, एक्साभेटर, टिपर, पिकअप भ्यान, जेट मेसिन लगायत २० वटा साधन प्रयोग हुँदै आएको छ।

जीर्णोद्वार र पुनर्निमाण

आर्थिक वर्ष २०७७÷७८ मा जीर्णोद्वार एवं पुनर्निर्माणको सूचीमा १५ वटा सम्पदा थिए, जसमध्ये सातवटाको पुनर्निर्माण सकिएको छ। आठवटा सम्पदाको पुनर्निर्माण चालू रहेको नगरपालिकाले जनाएको छ। जसमध्ये द्योःछेँ पुनर्निर्माण कार्य तीनवटा सम्पन्न र दुईवटा चालू अवस्थामा छन्। पाटी पुनर्निर्माण कार्य एक सम्पन्न र दुईवटा चालू, मन्दिर पुनर्निर्माण तीन सम्पन्न र एक चालू, मठ पुनर्निर्माण एकवटा चालू अवस्थामा छन्। त्यस्तै, दुईवटा पोखरीको पुनर्निर्माण कार्य चालू रहेको नगरपालिकाले जनाएको छ।

पूर्वाधार निर्माण

कर्भड हलतर्फ एउटाको निर्माण सम्पन्न भएको छ भने दुई हल चालू अवस्थामा छन्। दुईवटा पुल (मोटरेबल) निर्माण सम्पन्न भएका छन्। त्यस्तै एउटा पुल निर्माणाधीन अवस्थामा छ। एउटा सार्वजनिक भवन (३ नं. वडा भवन) सम्पन्न भएको छ। फोहोरमैला व्यवस्थापनसम्बन्धी दुईवटा योजना सम्पन्न भएका छन्। दुईवटा स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएका छन्। बाल उद्यानसम्बन्धी योजना तीनवटा सम्पन्न भएका छन्।

यस्तै, खोला सुधारसम्बन्धी रिटेनिङ वाल निर्माण कार्य १८६ मिटर सम्पन्न भएको छ। आठवटा आधारभूत र माध्यमिक विद्यालय भवन पूर्वाधार निर्माण सम्पन्न भएका छन्। खानेपानी व्यवस्थासम्बन्धी योजना तीनवटा सम्पन्न भएका छन्। सडक बत्ती जडानतर्फ तीन सय २६ वटा सम्पन्न र एक सय २२ चालू अवस्थामा छन्।

उक्त वर्ष १.१० किलोमिटर सडक पिच भएको छ। दुई किलोमिटर सडक ग्राभेल गरिएको छ। ०.७५ किलोमिटर सडकमा इँटा छपाइ भएको छ। ०.९५ किलोमिटर सडकमा ब्लक तथा फ्लेग स्टोन पेभमेन्ट गरिएको छ। ०.०४२ किलोमिटर बाटोको ढलान बाटो निर्माण कार्य सम्पन्न भएको छ।

समिति

स्थानीय तह अन्तर्गत गठित समितिमा २ वटा अनुगमन समिति, १५ वटा कार्यक्रम समिति, १ वटा विधायन समिति र अन्यमा ७ वटा रहेका छन्।

संघ, प्रदेश र केन्द्रसँग नगरपालिकाको अपेक्षा

स्वायत्तता र विकेन्द्रीकरणको अभ्यासका लागि स्थानीय तहहरुलाई स्रोत र साधन सम्पन्न बनाउन न्यायोचित र समानुपातिक वितरण प्रणाली सञ्चालनमा ल्याउनुपर्नेमा नगरपालिका आकर्षित देखिन्छ। विगत केही वर्षदेखि ख्वप विश्वविद्यालय स्थापनाका लागि आवश्यक पहल गर्दै आएको छ। भक्तपुर औद्योगिक क्षेत्रलाई काठमाडौं उपत्यकाभन्दा बाहिर चाँडोभन्दा चाँडो स्थानान्तरणका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिरहेको नगरपालिकाले जनाएको छ।

प्रदेश स्तरीय स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण र सामाजिक विकासका लागि स्थानीय तहको क्षमता र दक्षताका आधारमा स्रोत व्यवस्थापनमा नगरपालिकाले जोड दिँदै आएको छ। ख्वप विश्वविद्यालय स्थापनाका लागि आवश्यक पहल, स्थानीय तहको सिमानाका सडक, खोला र भौगोलिक क्षेत्रहरुमा रहेका समस्या समाधानका लागि समन्वय आदि पनि नगरपालिकाले गर्दै आएको छ। साबिक जिविस कोषको रकम समानुपातिक र न्यायोचित वितरण गर्न पनि नगरपालिका प्रयासरत छ। यस नगरपालिकाको खानेपानी मुहान नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गराई सो क्षेत्रमा जल र वातावरण प्रदूषण हुने भौतिक निर्माण र गतिविधि हुन नदिन पनि समन्वय गरिएको नगरपालिकाले जनाएको छ।

(नोट : काठमाडौंप्रेसले स्थानीय सरकारको गत वर्षको कार्य प्रगतिलाई नियमित पस्कँदै छ। विकास र समृद्धिको आधार स्थानीय सरकार भएकाले हामीले स्थानीय सरकारका गतिविधिलाई प्रस्तुत गर्दै जानेछौँ। त्यसमध्येको हाम्रो अर्को शृंखला जनप्रतिनिधि महिला पनि सञ्चालित छ। हाम्रो प्रयासमा सबै स्थानीय तहबाट सहयोग हुने अपेक्षा गरिएको छ। –सम्पादक।)

 

प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्