Kathmandu Press

सोमपालले पाउलान् त आज अन्तर्राष्ट्रिय फ्रन्चाइजमा डेब्यूको मौका?

काठमाडौं, साउन १६ : ग्लोबल टी–२० लिगअन्तर्गत आज नेपाली बलर सोमपाल कामीको टिमले खेल्दैछ। उनी प्लेइङ–११ मा परे आज अन्तर्राष्ट्रिय फ्रन्चाइजम....

सोमपालले पाउलान् त आज अन्तर्राष्ट्रिय फ्रन्चाइजमा डेब्यूको मौका?
एजेन्सी

काठमाडौं, साउन १६ : ग्लोबल टी–२० लिगअन्तर्गत आज नेपाली बलर सोमपाल कामीको टिमले खेल्दैछ। उनी प्लेइङ–११ मा परे आज अन्तर्राष्ट्रिय फ्रन्चाइजमा डेब्यू गर्नेछन्।

क्यानाडामा भइरहेको ग्लोबल टी–२० लिगमा सोमपाल र सन्दीप लामिछाने अनुबन्धित भएका छन्। सोमपाल विनिपेग हक्स र सन्दीप टोरेन्टो नेसनलस्सँग आवद्ध छन्।

यस अघि दुवैका टीमले तीन÷तीन खेल खेलिसकेका छन्। त्यतिबेला सोमपाल र सन्दीप आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटका लागि नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका थिए। जसले गर्दा ग्लोबल टी–२० मा सहभागी हुन सकेका थिएनन्।

नेपाली टोली मलेसियाबाट स्वदेश फर्किएको छ भने सोमपाल र सन्दीप क्यानाडा पुगेका छन्।

उनीहरू पुगेको पछिको आज पहिलो खेल हुँदैछ। आज सोमपालको टीम विनिपेग हक्सले ब्रम्टम वभ्ससँग भिड्दैछ। नेपाली समय अनुसार, राति १०ः१५ बजे खेल हुनेछ।

भारतीय क्रिकेटर युवराज सिंहको नेतृत्वमा रहेको सोमपालको टीम तीन खेलमा दुई खेल जित्दै अंक तालिकाको तेस्रो स्थानमा छ।

आज खेलमा सोमपाललाई मौका मिल्न सक्ने अनुमान गरिएको छ। तर, यस अघि उनको अन्तर्राष्ट्रिय फ्रन्चाइजमा सहभागिता नभएकाले बेन्चमै बस्न पर्ने अवस्थामा पनि आउन सक्छ।

उनले आजको खेलमा मौका पाए अन्तर्राष्ट्रिय फ्रन्चाइजमा डेब्यू हुनेछ। उनी अन्तर्राष्ट्रिय फ्रन्चाइज खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन्। यस अघि सन्दीप अन्तर्राष्ट्रिय फ्रन्चाइजमा सहभागी भइसकेका छन्।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, साउन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्