Kathmandu Press

‘कस्तो त्यो वेदनाले’को साथमा आए राज र अफ्रिता 

काठमाडौं, असोज १० : नव गायिका अफ्रिता खड्गीले आफ्नो  डेब्यु  म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन्। भोइस अफ नेपाल सिजन ३ मार्फत...
‘कस्तो त्यो वेदनाले’को साथमा आए राज र अफ्रिता 

काठमाडौं, असोज १० : नव गायिका अफ्रिता खड्गीले आफ्नो  डेब्यु  म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन्। भोइस अफ नेपाल सिजन ३ मार्फत उनि दर्शक स्रोता माझ परिचित छिन्।    

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ।  गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ। भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभकोसमेत अभिनय समावेश छ।  

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार  धिरेन तुम्बापो लिम्बु रहेका छन्।  भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो।  

ुराज लिम्बु अफिसिएलु मार्फत  भिडियो सार्वजनिक भएको हो । साथै गीत मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ। 

प्रकाशित मिति: १३:१० बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्