Kathmandu Press

गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

मोरङ, असोज ९ : वरिष्ठ गीतकार विश्व बल्लभलाई आज यहाँ राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ। गीतकार सङ्घ नेपाल काठमाडौँद्वारा सुन्दरहरैचामा आज आयोजित...
गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

मोरङ, असोज ९ : वरिष्ठ गीतकार विश्व बल्लभलाई आज यहाँ राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ। गीतकार सङ्घ नेपाल काठमाडौँद्वारा सुन्दरहरैचामा आज आयोजित ११औँ वार्षिकोत्सव एवं नवौँ  स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा उनलाई एक लाख ५१ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पु¥याएकोमा हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उनको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ। यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत सङ्ग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ।

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए। उनले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे। प्रदेश प्रमुख अधिकारीले कलाकार एवं साहित्यकार सधैँभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने विचार राखे। 

सङ्घका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म ५० लाख रुपैयाँको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए। कार्यक्रममा रकम सहयोग गर्ने स्रष्टाका सन्तानलाई सम्मान गरिएको थियो। सङ्घले यसअघि आठौँ स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो।

प्रकाशित मिति: २०:४३ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्