सविन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक
काठमाडौं, असोज ९ : अभिनेता सविन श्रेष्ठको अभिनय रहेको चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ।नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको...
काठमाडौं, असोज ९ : अभिनेता सविन श्रेष्ठको अभिनय रहेको चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ।
नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको सो चलचित्रको रिलिज रोकिएको कोरोना महामारी र लकडाउनका कारण थियो।
सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मीना निरौलाको स्वर रहेको छ। गीतमा शब्द नारायण नेपालको र संगीत सूर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ।
अब चलचित्र दसैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
चलचित्रमा सविनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, बिपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मीलगायत कलाकारको अभिनय रहेको छ।
दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन्। कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन्।
आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्।
चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ। गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ।












