Kathmandu Press

द्वन्द्व प्रभावित काश्मिरको पवित्र गुफामा हिन्दु तीर्थयात्री पठाउँदै भारत

भारतले सामुदायिक मेलमिलापको उदाहरण प्रस्तुत गर्न विवादित काश्मिरको एउटा पवित्र गुफामा हिन्दू तीर्थयात्री पठाइरहेको छ। हिउँले ढाकेका हिमालमा रहेको उक्त गुफा मुस्लिम बाह....

द्वन्द्व प्रभावित काश्मिरको पवित्र गुफामा हिन्दु तीर्थयात्री पठाउँदै भारत

भारतले सामुदायिक मेलमिलापको उदाहरण प्रस्तुत गर्न विवादित काश्मिरको एउटा पवित्र गुफामा हिन्दू तीर्थयात्री पठाइरहेको छ। हिउँले ढाकेका हिमालमा रहेको उक्त गुफा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा पर्दछ।

काश्मिरलाई लिएर भारत र पाकिस्तानले दुई पटक युद्ध गरेका छन्। पाकिस्तानलाई आधार बनाएका लडाकूले गएको फेब्रुअरीमा भारतीय सेनामाथि त्यही तीर्थस्थल मार्गमा आत्मघाती विस्फोट भएपछि झण्डै तेस्रो विश्वयुद्ध पनि भयो।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी भारत सरकारले तीर्थ पर्यटनलाई विशेष जोड दिएका छन्। जनवरीमा भएको कुम्भ मेलामा दश करोडभन्दा धेरै भारतीय गंगा नदीमा स्नान गर्न आए। सरकारले मेला ठूलो धनराशी खर्च गर्योल।

Hardik ivf

पहलगाम क्षेत्रमा पर्ने अमरनाथ यात्राका लागि जम्मु काश्मिर राज्य सरकारले जुलाई १ देखि सुरू भएको ६ साता लामो कार्यक्रमका लागि सात करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ।

“यो धार्मिक मेलमिलापको उत्कृष्ट उदाहरण हो,” अमरनाथजी श्राइन बोर्डका अतिरिक्त कार्यकारी प्रमुख अनुपकुमार सोनीले भने। बोर्डले नै तीर्थयात्रा आयोजना गर्दछ।
अमरनाथ गुफा वर्षैभरि हिउँले ढाकेको हुन्छ।

गुफाभित्र हिन्दू धर्मका भगवान् शिवको भौतिक स्वरूप भएको विश्वास छ। गेरू वस्त्र र गलामा गुफाको तस्वीर  धारण गरेका खाली खुट्टा हिँड्ने सन्यासीहरू ग्लेसियर र जलमग्न मार्ग हुँदै ४६ किलोमिटर यात्रा पूरा गर्छन्। उनीका लामा कोट लगाएका मुस्लिम कश्मिरी स्थानीय हिउँले पुरेको बाटो खोल्छन्। हजारौं भारतीय सैनिक सुरक्षाका लागि तैनाथ छन्।

बाटो एकदमै कठिन छ। यो वर्ष तीन लाख तीर्थालुले गुफाको यात्रा गरे। त्यहाँ पुग्ने चारमध्ये एक जनालाई उपचार गराउनु परेको छ। २४ जनाले ज्यान गुमाएका छन्। सरकारी तथ्याङ्क अनुसार हृदयाघात र उच्चरक्तचाप त्यसको प्रमुख कारण हो।

सधैं मित्रवत

हजारौं कश्मिरीले बाटो खोल्ने काम गरे पनि, थप हजारौंले तीर्थालुलाई तिर्थ पूरा गर्न घोडा र पाल्की अनि सुत्न लाइल टेन्ट पनि भाडामा दिने गर्छन्।

“सबैजना मित्रवत् छन्। यहाँ कुनै वैरभाव छैन,” आफूलाई अभिनव बताउने हिन्दू तीर्थालुले भने। तीर्थालुलाई सैन्य लडाकू समूहले बारम्बार आक्रमण गर्ने गरेको छ।

सन् २०१७ मा बारूदी सुरूङमा परेर आठ जनाले ज्यान गुमाए। यो वर्ष सरकारले “बार कोडिङ” प्रणाली लागू गरेको छ। दर्ता गरिएका व्यक्तिमात्रै तीर्थयात्रामा जानसक्छन्।

मुस्लिम बाहुल्यता भएको काश्मिरका पृथक्तावादीले वर्षौंदेखि हिन्दू बाहुल्य भारत सरकारविरूद्ध अभियान चलाउँदै आएका छन्। लडाकूहरूले एकपटक हिंसात्मक अभियान पनि चलाए। प्रतिक्रियामा भारतीय सुरक्षाकर्मीले गरेको कारबाहीलाई कश्मिरीले शक्तिको दुरूपयोग बताउँदै आएको छ।

यो समस्याले त्यस क्षेत्रको कृषि र पर्यटन उद्योग प्रभावित छ। पहालगामको तीर्थाटन थुप्रै परिवारको जीविका हो।

“यहाँ कुनै निजी क्षेत्र छैन। त्यसैले शिक्षित युवा र थुप्रै अन्य कश्मिरी यात्रामा निर्भर छन्,” फिरोज अहमद वानीले भने। वानीले इतिहासमा स्नातक गरेका छन् र फुर्सदको समयमा पढाउँछन् पनि। तीर्थयात्रामा पर्ने एउटा शिविरमा तीर्थालुलाई एक रातको दुई सय भारतीय रूपैयाँमा दुई वटा टेन्ट भाडामा दिन्छन्।

“हामी सामान्य मानिस हौं। द्वन्द्व नेताहरूले निर्णय गर्ने विषय हो,”उनले भने।
 

प्रकाशित मिति: ०६:३६ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्