Kathmandu Press

सुवर्ण शम्शेर स्मृति फुटसल प्रतियोगिताको उपाधि सान कलेजलाई

काठमाडौं, साउन १३ : सुवर्ण शम्शेर स्मृति अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि सान कलेज जितेको छ। 

बालुवाटारस्थित एक्सेल फुटसल....

सुवर्ण शम्शेर स्मृति फुटसल प्रतियोगिताको उपाधि सान कलेजलाई

काठमाडौं, साउन १३ : सुवर्ण शम्शेर स्मृति अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि सान कलेज जितेको छ। 

बालुवाटारस्थित एक्सेल फुटसल मैदानमा भएको फाइनल खेलमा होप कलेजलाई पराजित गर्दै सान कलेजले उपाधि उचालेको हो। उपाधि उचाल्ने क्रममा सान कलेजले होप कलेजलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। 

प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीलाई प्रमुख अतिथि नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिइन्। नेविसंघ सान इन्टनेश्नल कलेज इकाईको आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो।

कार्यक्रममा नेविसंघका पूर्वउपाध्यक्षहरु ऋषिकेशजंग शाह र पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य दुजाङ शेर्पा लगायत नेताहरु सहभागी थिए। 
 

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, साउन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्