Kathmandu Press

अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम

काठमाडौं, असोज ८ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद पोखरेल प्रथम भएका छन्।राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औं...
अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम

काठमाडौं, असोज ८ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद पोखरेल प्रथम भएका छन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औं जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअल रूपमा आयोजना गरिएको प्रतियोगितामा १ सय ३ कविका कवितालाई पछि पार्दै जापान निवासी पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो। 

Hardik ivf

यस्तै नेपालका शुभचन्द्र राई द्वितीय तथा अफ्रिका निवासी गणेश खड्का, अमेरिका निवासी केशवराज ज्ञवाली र नेपालकी वन्दना भट्टराईका कविताले तृतीय स्थान प्राप्त गरेका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर ५००, द्वितीयलाई  ३०० र तृतीय हुनेलाई जनही २०० का साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो।  

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कविता वाचनमा १०३ बाट ३५ कविता छनोट भएकामा ३२ कविले वाचन गरेका थिए।

राष्ट्रकविको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष यस्तो प्रतियोगिता गरिने अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले जानकारी दिए। 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्