Kathmandu Press

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली चेली आरती छनोट

काठमाडौं, असोज ६ : सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल  ‘गाला राउन्ड’ का उत्कृष्ट १० प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप तयार पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले...
बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली चेली आरती छनोट

काठमाडौं, असोज ६ : सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल  ‘गाला राउन्ड’ का उत्कृष्ट १० प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप तयार पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन्।

बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन्। पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छन्।

Hardik ivf

पछिल्लो समय विश्वमा आफ्नो सीप क्षमतालाई प्रयोग गर्दै जन्मभूमिको नाम राख्नमा नेपालीहरू निकै नै अग्रसर छन्। बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उनले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’गरेका थिए।

उनको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्रान्ड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो। प्रतियोगीहरुको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए।

सुन्दरी ग्रान्ड बेल्जियम जस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उनका श्रीमान् अर्जुन काफ्लेले बताए।

यस पटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीय जोम्की तेन्जिनले जितेकी छन्।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्